You are viewing the translated version of वायुयानमा राष्ट्रिय चिह अंकित गर्ने व्यवस्था.
अनुसूची –२
(नियम १५ को उपनियम (३) सँग सम्बन्धित)
वायुयानमा राष्ट्रिय चिह अंकित गर्ने व्यवस्था
१. वायुयानमा राष्ट्रिय र रजिष्ट्रेशन चिन्ह रंगाएर लेखिएको वा अरु कुनै किसिमले रंगाई स्थायी रुपले रहने गरी टाँगिएको हुनुपर्छ र ती चिन्हहरु सदैव सफा र स्पष्ट देखिने गरी राख्नु पर्छ ।
२. चिन्ह पखेटाको तल्लो सतहमा राख्नु पर्छ । यथासम्भव सो चिन्ह पखेटाको अघिल्लो र पछिल्लो भागबाट उत्तिकै टाढा पर्ने बीच भागमा राख्नु पर्छ । अक्षरको शिर पखेटाको अघिल्लो भाग तिर हुनुपर्छ ।
३. वायुयानको पखेटाहरु र पुच्छरको सतहको बीचको फ्यूजलाजको दुवैतर्फ वा पुच्छरको ठाडो (भर्टिकल) सतहको माथिल्लो आधा भागहरुमा देखिने गरी चिन्हरु राख्नुपर्छ । पुच्छरको ठाडो भागको सतहमा मात्र त्यस्तो चिन्ह राखिने भए ती चिन्हहरु दुबैतर्फ लेखिएको वा टाँगिएको हुनुपर्छ । मल्टि भर्टिकल पुच्छरको ठाडो भागमा राखिने भएमा सतहको बाहिरी भागमा लेखिनु पर्छ ।
४. अंक र अक्षरहरु छुटृा छुटृै चिन्ह समूहमा बराबर नापको हुनुपर्छ ।
५. पखेटामा रहेको चिन्हको लम्बाई तीस सेन्टिमिटर (बाह« ईन्च) को हुनुपर्छ ।
६. फ्यूजलाजमा रहने चिन्हहरु फ्यूजलाजको बाहिरी घेरासम्म पुग्ने गरी राख्नु हुँदैन ।
७. ठाडो (भर्टिकल) पुच्छरको सतहमा रहने चिन्ह दुबै किनारादेखि कम से कम पाँच सेन्टिमिटर (दुई ईन्च) टाढा हुनुपर्छ । क्रमसंख्या ६ र ७ मा उल्लेख भएका चिन्हहरुको उचाई पन्ध्र सेन्टिमिटर (छ ईन्च) भन्दा बढी हुने छैन ।
८. अक्षरहरु रोमन लिपिमा बिना बुटृाका ठूला अक्षरले र अंकहरु अरबी लिपिमा बिना बुटृाका हुनुपर्छ ।
९. रोमन अक्षर (आई) र अरबी (अंक) एक बाहेक प्रत्येक अक्षरको चौडाई र धर्को (–) को लम्बाई सो अक्षरको उचाई दुईतिहाई हुनुपर्छ ।
१०. प्रत्येक अक्षर र धर्को (–) ठोस लाईनमा वायुयानको रंगसँग मेल नखाने रंगमा अंकित हुनु पर्दछ । ठोस लाईनहरुको मोटाई अक्षरको उचाईको छ खण्डको एक खण्ड हुनुपर्छ ।
११. प्रत्येक अक्षर अघिल्लो वा पछिल्लो अक्षरबाट अक्षरको चौडाईको एक चौथाईको हिसावले छुटिृएको हुनु पर्दछ । यो खण्डको तात्पर्यको लागि धर्को (–) पनि अक्षर सरह मानिनेछ ।
१२. हवाई जहाज बाहेक अन्य किसिमका वायुयानहरु जस्तो हेलिकोप्टरको पार्टपूर्जाहरु हवाई जहाजको जस्तै नभएमा यस अनुसूचीमा उल्लेख भएका चिन्हहरु स्पष्ट देखिने गरी उपयुक्त स्थानमा राख्न सकिनेछ ।